विश्व हिन्दु महासंघ पाल्पाको १० औँ जिल्ला सभा तथा ५ औँ अधिवेशन सम्पन्न
विश्वहिन्दु महासंघ पाल्पा शाखाको १०ओँ जिल्लाशभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । पाल्पा जिल्ला क्षेत्र नम्वर २ का संघिय सांसद डा.माधव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा रिव्दिकोट गाउपालिकाका अध्यक्ष नारायण वहादुर कार्की, विश्वहिन्दु महासंघ प्रदेश अध्यक्ष- वेन वहादुर पौडेल, केन्द्रिय सह अध्यक्ष शंकर प्रसाद खराल, भैरवस्थान मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोविन्द वहादुर पोखरेल लगायतले आआफ्ना भनाई सहित अधिवेशनको सफलताको कामना गर्नु भएको थियो ।
अधिवेशनमा पाल्पा शाखा अध्यक्ष कमलराज पौडेलले आफ्नो कार्यकालमा भए गरेका प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो, भने कार्यक्रमको विच विचमा कला तथा सस्कृती संरक्षण समितिले भजनकृतन गरेर कार्यक्रमलाई थप रोचक वनाएका थिए । कार्यक्रममा धर्म संरक्षणका लागी योगदान पुर्याउने विभिन्न भजन मन्डली र धार्मीक संघ सस्था र अतिथी ज्युहरुलाई रुद्राक्षमाला दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
अधिवेशन पछिको वन्दशत्रले आगामी ३ वर्षका लागी नयाँ कार्य समितिको गठन गर्न केन्द्रिय सदस्य भिमलाल भट्टराइको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मन्डल चयन गरेको थियो । वन्दशत्रवाट गठित निर्वाचन मन्डलले, पुन: कमलराज पौडेलको अध्यक्षतामा ९ सदस्यीय पदाधिकारिको सचिवालय समिति र १३ जना सदस्य गरि जम्मा २३ जनाको जिल्लाकार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । जसको वरिष्ट उपाध्यक्षमा:- दिनेश गन्धर्व,द्वितिय उपाध्यक्ष- जयराम सापकोटा
महिला उपाध्यक्ष- मालती पौडेल,खुल्ला उपाध्यक्ष-राम प्रसाद पुरि,दलित उपाध्यक्ष- राजु गौतम,सचिवमा मित्रलाल नेपाली
सह सचिवमा- भविन्द्र गौतम,उपसचिव- लक्षण पछाइ
उपसचिव- पवन वस्याल र कोषाध्यक्षमा मनोहर ज्ञवाली सहित २३ जनाको जिल्ला कार्य समिति गठन गरेको छ । कार्यक्रम संस्थाकी उपाध्यक्ष- सरस्वती वस्यालको स्वागत, संस्थाकी सचिव तुलसी घिमिरेको संचालन र कमल राज पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।








































Comments