राज मञ्जुश्री कला केन्द्रको आयोजनामा ‘हास्य व्यङ्ग्य गाईजात्रा–२०८३’ हुने !!
तानसेनमा राज मञ्जुश्री कला केन्द्रको आयोजनामा ‘हास्य व्यङ्ग्य गाईजात्रा–२०८३’ हुने भएको छ। नेपाली मौलिक पर्व गाईजात्राको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा हास्य व्यङ्ग्य तथा विभिन्न सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम यही २०८३ भदौ १३ गते शनिबार टुँडिखेल मञ्चमा सञ्चालन हुनेछ । कार्यक्रममा राष्ट्रिय कलाकार पुर्खे "बा"तथा स्थानीय कलाकारहरूको विशेष हास्य व्यङ्ग्य तथा बेजोड प्रस्तुति रहनेछ ।
कार्यक्रममा राजनीतिक विकृति, सामाजिक विसंगति, भ्रष्टाचार, महँगी तथा बेरोजगारीलगायत समसामयिक विषयलाई हास्य व्यङ्ग्यमार्फत प्रस्तुत गरिने छ । साथै नेपाली लोकनृत्य, सांस्कृतिक गायन, प्रजातान्त्रिक नाटक, विभिन्न जातजातिका झाँकी तथा परम्परागत बाजागाजासहितका सांस्कृतिक कार्यक्रमसमेत रहने राज मञ्जुश्री कला केन्द्रका सञ्चालक राज राईले जानकारी दिनुभयो । गाईजात्राको मौलिक संस्कृति, परम्परा र सामाजिक सन्देशलाई संरक्षण गर्दै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सम्पूर्णलाई उपस्थितिका लागि आयोजक राज मञ्जुश्री कला केन्द्रले कार्यक्रम व्यवस्थापक राम कृष्ण थापाले जानकारी दिनुभयो ।









































Comments