राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको प्रथम जिल्ला अधिवेशन अन्ततः सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनबाट जिल्ला सभापतिमा विष्णु प्रसाद भण्डारी, उपसभापतिमा सोम प्रसाद गैरे (सुमन), सचिवमा हरि न्यौपाने तथा सहसचिवमा दिलीप घिमिरे चयन हुनुभएको छ।

 

सुरुदेखि नेतृत्व चयनका विषयमा विभिन्न चरणमा छलफल र परामर्श भए पनि अन्ततः सहमतिमार्फत नयाँ कार्यसमिति चयन भएसँगै अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र जनमुखी कार्यकालको शुभकामना व्यक्त गरिएको छ। पार्टी संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनअपेक्षाअनुसार कार्य सम्पादनमा नयाँ नेतृत्व सफल हुने विश्वास गरिएको छ।

नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 

Comments