रामपुरका एकल महिलाहरुका लागि उद्घोषण तथा भाषण कला तालिम
पाल्पा, एकल महिलाहरुका लागि ४ दिने स्टेच उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । एकल महिला नगर समन्वय समिति रामपुर पाल्पाको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला दिदीबहिनिहरुलाई तालिम प्रदान गरेको हो । तलिमको सोमबार एक कार्यक्रमकाविच समापन गरिएको छ ।
तालिममा सहभागिलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले एकल महिलाहरुको उत्थान र अभिभावकीय भूमिका निर्वाह गर्न नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले विगतमा एकल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भए पनि पछिल्लो समय सकारात्मक रुपले हेर्न थालेको बताउँदै सहज जिवनयापनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उपप्रमुख थापाले न्यून आयस्तर भएका एकल महिला दिदिबहिनीहरुको समस्या समाधानका लागि सबैले सहयोग गर्नु पर्ने भन्दै यसका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताउनु भएको छ । उहाँले एकल महिलाहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनका लागि आवश्यकता अनुसार सिपमूलक तालिम सञ्चालन गरी व्यवसायीक प्रबद्र्धनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायादेवि नेपालीले नगरपालिका भित्रका सबै एकल महिलादिदिबहिनीहरुलाई समेटेर आफ्नो अधिकारका लागि सजग मएर अगाडी बढ्न आग्रह गर्नुभयो ।यस्तै कार्यपालिका सदस्य शारदा आचार्यले बाध्यात्मक परिस्थितिले एकल जिवन विताई रहेका महिला दिदिबहिनीहरु एकताबद्ध भएर लाग्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।कार्यक्रममा तालिमका प्रशिक्षक सिता डोटेलले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर तालिमको औचित्य पुष्टी गर्न आग्रह गर्नुभयो ।
समापनका अवसरमा तालिममा सहभागिहरुको तर्फबाट बोल्दै विष्णु मल्ल, पवि पाटा र मुना घिमिरेले तालिम आफुहरुका लागि उपलब्धिमूलक भएको भन्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एकल महिला नगर समन्वय समिति रामपुर पाल्पाका अध्यक्ष लक्ष्मी देवि ढकालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम नगर उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कर्यक्रम उपाध्यक्ष किवता मल्लको स्वागत र सचिव विष्णु थापाको संचालनमा सम्पन्न भएको हो । नगरपालिकाभित्रका २५ जना एकल महिला दिदिबहिनीहरुको सहभागिता रहेको तालिमको सहजिकरण पत्रकार दानु हिस्की मगर र सिता डोटेलले गर्नु भएको थियो ।तालिममा स्टेच उद्घोषण, भाषण कला र बैठक सञ्चालन सम्बन्धी विषयवस्तु बारे सहजिकरण गरिएको थियो ।








































Comments