पेरिसमा जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, शिवराम भण्डारी निर्विरोध सभापति
पेरिस (फ्रान्स) – नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको छ । आइतबार आयोजित अधिवेशनले शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको हो । निवर्तमान सभापति सुधीर रानाको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन संस्थापक सभापति निर्मल अर्यालले दीप प्रज्वलन गरी गर्नुभएको थियो । अधिवेशनमा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा संस्थाको विधानअनुसार निर्वाचन प्रक्रिया सम्पन्न भएकोथियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति पूर्वमहामन्त्री तथा एनआरएनए फ्रान्सका पूर्वमहासचिव कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, पत्रकार दीपक चालिसे, संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतको उपस्थिति रहेको थियो । संस्थापक सभापति निर्मल अर्याल र संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङले शुभकामना तथा मार्गदर्शनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । निवर्तमान सभापति सुधीर रानाले आफ्नो दुई कार्यकालको अनुभव प्रस्तुत गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो। नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थालाई अझ सशक्त, एकताबद्ध र प्रभावकारी बनाउँदै प्रवासमा रहेका नेपाली तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनबाट शिवराम भण्डारी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापतिमा विकास के.सी. र सुजन राज भट्ट, महामन्त्रीमा सुशिल भण्डारी, सहमहामन्त्रीमा विवेक धमला, कोषाध्यक्षमा दिपेन्द्र दाहाल तथा सदस्यहरूमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचन संयोजक सुवर्णविक्रम हमालले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विधानसम्मत रूपमा सम्पन्न भएको घोषणा गर्दै तेस्रो अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।









































Comments