पाल्पा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको जरा अभियान शुरू , संगठन सुदृढीकरणमा जोड !!
पाल्पा — नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ द्वारा आयोजित “जरा अभियान” तथा क्रियाशील सदस्यता अध्यावधिक कार्यक्रम शुरू भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले पार्टीलाई बलियो बनाउन जिल्लाका सबै ८१ वडामा प्रतिनिधि खटाइसकेको जानकारी दिनुभयो। उहाँले संगठनलाई जरोदेखि मजबुत बनाउनुपर्नेमा जोड दिँदै अब पार्टीलाई जनताको घरदैलोमै पुगेर सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। “हामीले माथिबाट मात्र होइन, तल्लो तहबाट संगठन निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यसका लागि प्रत्येक वडामा सक्रिय नेतृत्व आवश्यक छ।” उहाँका अनुसार जरा अभियानले कार्यकर्तामा नयाँ ऊर्जा थप्ने र संगठनलाई गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि निर्मला क्षेत्रीले पार्टी सभापति गगन थापाले सुरू गरेको जरा अभियान देशभर सञ्चालनमा रहेको उल्लेख गर्दै यस अभियानले संगठनलाई नयाँ दिशा दिने बताउनुभयो। उहाँले पार्टीलाई जनतामुखी बनाउँदै युवाहरूको भावना र चाहनालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “अबको राजनीति पुरानो ढाँचामा होइन, नयाँ सोच र नयाँ ऊर्जा सहित अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “जरा अभियान त्यसको सुरुवात हो।” उहाँले आम नागरिकको विश्वास जित्नका लागि पार्टीले व्यवहारमै परिवर्तन ल्याउनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, केन्द्रीय प्रतिनिधि हरि न्यौपानेले क्रियाशील सदस्यता व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै सबै कार्यकर्तालाई जिम्मेवार र सक्रिय बन्न आग्रह गर्नुभयो। निवर्तमान पार्टी सभापति वीर बहादुर रानाले पार्टीको विगतको योगदान स्मरण गर्दै अहिलेको आवश्यकता एकता, अनुशासन र समर्पण रहेको बताउनुभयो। “हामी सबै एउटै लक्ष्यका लागि अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “एकताले नै पार्टीलाई बलियो बनाउँछ।” कार्यक्रममा नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. २ का क्षेत्रीय सभापति मुक्तिराम जी.सी.ले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्न निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो।
यसैगरी, क्षेत्र नं. २ (ख) का सभापति रुक्मागत भट्टराई र क्षेत्र नं. २ (क) का सभापति लक्ष्मी अधिकारीले संगठन विस्तारमा सबै तहका नेताहरूबीच समन्वय आवश्यक रहेको बताएका छन्। उनीहरूले जरा अभियानलाई सफल बनाउन प्रत्येक कार्यकर्ताले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए। कार्यक्रमको अन्त्यमा लक्ष्मी अधिकारीले धन्यवाद ज्ञापन गर्दै सहभागी सम्पूर्ण अतिथि तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्नुभयो। सचिव कृष्ण आलेको सञ्चालनमा सम्पन्न कार्यक्रमले पार्टीभित्र नयाँ उत्साह र ऊर्जा थपेको सहभागीहरूले बताउनुभएको छ । उहाहरूले जरा अभियानले संगठनलाई तल्लो तहबाट मजबुत बनाउँदै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो साथै, आगामी दिनमा यस्तो अभियानले पार्टीलाई अझ प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ ।








































Comments