पहिलो पाइला नेपाल तानसेन शाखामा नयाँ कार्यसमिति चयन,अध्यक्षमा बबिता थापा
पाल्पा-तानसेनमा पहिलो पाइला नेपाल तानसेन शाखाको छैटौँ शाखा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक सेवा, युवा सशक्तीकरण तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सक्रिय संस्थाले अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनबाट अध्यक्षमा बविता थापा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सुमन पोखरेल, सचिवमा बिनोद पौडेल र कोषाध्यक्षमा आकाश श्रेष्ठ (बिष्णु) चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा गणेश खत्री, गोपाल हितांग, गुन बहादुर राउत, समझना कार्की कुँवर र बिशाल पोखरेल निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनसँगै संस्थाले आगामी कार्यकालका लागि स्पष्ट योजना र लक्ष्यसहित अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रमुख अतिथि पहिलो पाइला नेपालका केन्द्रीय उपाध्यक्ष अविरल कुँवरले आफ्नो मन्तव्यका क्रममा संस्थाले हालसम्म समाजमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो। उहाँले पहिलो पाइला नेपालले विशेषगरी युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति सचेत गराउँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउन खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो। आगामी दिनमा अझ व्यवस्थित योजना, स्पष्ट लक्ष्य र प्रभावकारी कार्यान्वयनमार्फत संस्थाले आफ्नो गतिविधिलाई थप विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले युवाशक्तिलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा उल्लेख गर्दै उनीहरूलाई सामाजिक सेवामा सक्रिय रूपमा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो। स्थानीय तह, शैक्षिक संस्था तथा अन्य संघसंस्थासँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सके समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सकिने उहाँको धारणा थियो। साथै, साना प्रयासहरूबाट पनि ठूलो परिवर्तन सम्भव हुने उल्लेख गर्दै सबै सदस्यहरूलाई जिम्मेवारीपूर्वक सक्रिय हुन आग्रह गर्नुभयो।
उहाँले संस्थाको नेतृत्व तहलाई विशेषगरी पारदर्शिता, उत्तरदायित्व र सहकार्यमा आधारित कार्यशैली अपनाउन सुझाव दिनुभयो। संस्थाभित्र आपसी समझदारी, समन्वय र सहकार्य बलियो भए मात्र लक्ष्य हासिल गर्न सहज हुने बताउँदै उहाँले सबै पदाधिकारी तथा सदस्यहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो। साथै, विगतका अनुभवबाट सिक्दै नयाँ सोच, नवीन योजना र उत्साहका साथ काम गर्न सके पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा अझ प्रभावकारी र उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
नवनिर्वाचित कार्यसमितिले संस्थाको मूल उद्देश्यलाई आत्मसात गर्दै सामाजिक सेवाका विविध क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। विशेषगरी शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक चेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने बताइएको छ। यसका साथै स्थानीय तह, विभिन्न संघसंस्था तथा सरोकारवालासँग सहकार्य गर्दै दिगो विकासका कार्यक्रम अघि बढाइने लक्ष्य रहेको छ। अधिवेशनका क्रममा वक्ताहरूले संस्थाले विगतमा गरेका उल्लेखनीय कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। उनीहरूले युवाहरूलाई सामाजिक कार्यमा प्रेरित गर्ने, स्थानीय स्तरमै अवसर सिर्जना गर्ने र समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा जोड दिएका थिए । नवनिर्वाचित अध्यक्ष बविता थापाले आफ्नो कार्यकालमा संस्थालाई अझ पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Comments