पहिलाे पाइला नेपाल तानसेन शाखाले जाडाे छल्न न्यानाे कपडा वितरण
पाल्पा-जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था पहिलो पाइला नेपाल तानसेन शाखाले ५६ जना विद्यार्थीलाई न्यानाे कपडा वितरण गरेको छ । सस्थाले जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ६ मा अवस्थित देवी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण गरेको हाे । सस्थाले न्यानाे कपडा अन्तर्गत टाेपी र स्विटर वितरण गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि तिनाउ वडा न ६ का वडा अध्यक्ष टाेम बहादुर पुनले सामाजिक क्षेत्रकाे उत्तरदायित्वलाई बहन गरि सस्थाले प्रशंसानीय कार्य गरेको बताउनुभयो । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयाे । पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउँदै वडाध्यक्ष पुनले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताउनुभयो । साथै आगामी दिनमा यस्तै सामाजिक कार्यमा सस्थासँग हातेमालो गरि अगाडी बढ्न वडा कार्यालय तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सस्थाका सल्लाहकार शेरजङ्ग थापा ,टंक बस्याल विद्यालयका चन्दा दाता चट्टान खडका, कार्यपालिका सदस्य छवि गहतराज र गगा बगाले लगाएतले मन्तव्य राख्नु भएको थियाे । कार्यक्रम विद्यालयका प्राधानाध्यापक रिसिराम भण्डारी धन्यवाद,सस्थाका अध्यक्ष दिनेश थापाकाे अध्यक्षता,सचिव गणेश खत्रीकाे सञ्चालन र सस्थाका उपाध्यक्ष अमर सुनारीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे ।








































Comments