तानसेन वडास्तरीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनल खेल शुक्रबार हुदै!!
पाल्पा,जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा सञ्चालन भइरहेको वडास्तरीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनल खेल भाेलि हुदैछ । राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने नाराका साथ सोमबारदेखि शुरू भएको तानसेनमा वडास्तरीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनल खेल शुक्रबार हुने आयाेजकले जनाएका छन ।
तानसेन नगरपालिका– ४ वडा कार्यालको आयोजनामा भएको प्रतियोगिता तानसेन स्थित टुडिखेलमा भइ रहेको छ । शुक्रबार पहिलो चरणमा तानसेन वडा न ८ र वडा न ५ बिच हुनेछ । भने दाेस्त्राे खेल तानसेन वडा न ३ र वडा न १ बिच हुने प्रतियाेगिताका संयाेजक प्रियक मुनि शाक्यले बताए । भाेली सेमिफाइनलमा बिजय भएका टिम फाइनलका लागि भिड्ने छन । प्रतियाेगितामा प्रथम हुनेले २० हजार नगद, मेडल,ट्रफि र प्रमाणपत्र र द्वितीय हुनेले १० हजार नगद,मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने संयाेजक शाक्यले बताए ।








































Comments