सिरहाको गोलबजारमा गोली लागेर युवकको मृत्यु

काठमाडौँ : सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ । कर्फ्यू जारी रहँदा प्रदर्शनका क्रममा गोली लागेर करिब १८-१९ वर्षका गणेश यादवको मृत्यु भएको हो । मृतक यादव सिराहाको मिर्चैयास्थित तुलसीपुरका भएको  सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिए । 

 

प्रदर्शनकारीले प्रहरीले गोली चलाएको दाबी गरेका छन् भने प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ । प्रदर्शनकारीले मृतकलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन । प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । 

प्रहरीका अनुसार प्रदर्शनका क्रममा एकजना घाइते भएका छन ।

साभार

थाहा खबर

Comments