रैनादेबी छहराकाे वडा न ३ मा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास

 

पाल्पा- पश्चिम पाल्पाकाे रैनादेबी छहरा गाउँपालिका वडा नं ३ काे भुवनपाेखरीमा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले बिधिवत पुजा अर्चना गरी शिलान्यास गरेका छन् ।   

बर्थिङ्ग सेन्टरकाे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष भट्टराईले भुवनपाेखरीमा बर्थिङ्ग सेन्टर नहुँदा स्थानीय महिलाहरूलाई बच्चा जन्माउन समस्या रहेको बताए । गाउँपालिकाले साेही समस्यालाई मध्ये नजर गरि नयाँ बर्थिङ्ग सेन्टर निर्माण गर्न लागेको बताए । भुवनपाेखरीमा बर्थिङ्ग सेन्टरकाे भवन निर्माण भएपछि उक्त समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए । भुवन पोखरीमा हाल ५ हजार २ सय जनसंख्या रहेको छ । भुगाेलकाे हिसाबले भुवनपाेखरी वडा  ठुलाे रहेको छ । बर्थिङ्ग सेन्टर निर्माण भएपछि स्थानीय महिलाहरूलाई बच्चा जन्माउन सहजता हुने बताए । 

 

भुवनपाेखरीमा पहिलो पटक बर्थिङ्ग सेन्टर शिलान्यास भएपछि वडावासी लगायत आसपासका बासिन्दाहरू लाभान्वित हुने वडा अध्यक्ष प्रदिप पाैडेलले जानकारी दिए  ।गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले  बर्थिङ्ग सेन्टरको शिलान्यास गर्दा आफु धेरै नै खुशि भएको बताउदै यस्काे निर्माण कार्य सम्पन्न भए पछि स्थानीयहरूलाई सहज सेवा उपलब्ध गराउन पालिका सरकारले पहल गर्ने बताए । 

 

चार कोठाको बर्थिङ्ग सेन्टर निर्माण गर्न ३८ लाखको बजेट बिनियोजन गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए । कार्यक्रममा वडाको जनप्रतिनिधि ,नागरिकहरूको सहभागिता रहेको थियो ।

Comments