नारायण युवा क्लब तानसेन पाल्पाकाे आयाेजनामा "बा कप २०८१ "शुरू

पाल्पा-नारायण युवा क्लब तानसेन पाल्पाकाे आयाेजनामा "बा कप २०८१ "शुरू भएको छ । दिवगत बुवाहरूकाे स्मृतिमा "बा कप ब्याडमिन्टन प्रतियाेगिता २०८१"शुरू भएको हाे । तानसेन वडा न २ काे फूलबारी कवर्डहलमा भएको प्रतियाेगिता शुक्रबारबाट शुरू भएको हाे । 

 

प्रतियाेगिताकाे शुभारम्भ नारायण युवा क्लबमा सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले समुद्घाटन गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले क्लबले  पाल्पा जिल्लामा खेलाडीहरूकाे उत्पादन गर्नका लागि नयाँ नयाँ कार्यक्रम ल्याउने गरेको बताउनुभयाे । अहिले साेह्र श्राद्ध चलिरहेको छ । साेही समयमा क्लबले स्वर्गीय पिताहरूकाे स्मरण गरि ब्याडमिन्टन कप गरेकोमा प्रशंसा गर्नुभयाे । सभापति श्रेष्ठले समाजमा अहिले केही भएन,केही भएन भन्ने भाष्य निर्माण भइरहेको बताउनुभयो । अब याे देश बनाउने जिम्मेवारी सबै राजनीति पाटी,युवा शक्ति,आम नागरिककाे रहेकाले अब राष्ट्र निर्माण गर्न जिम्मेवार भई एकताबद्व भएर लाग्नुपर्ने बेला आएकाे बताउनुभयो । 

 

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष किशाेर दर्शन बज्राचार्यले स्वर्गीय बुवाहरूकाे नाममा प्रतियाेगिता आयाेजना गरिएको बताउनुभयाे । क्लबले पाल्पा जिल्ला भरिका  खेलाडीहरूकाे प्रतिभा प्रस्फुटन गरि राष्ट्रिय स्तरकाे खेल खेलाउने उधेश्य तयारी गरिरहेकाे बताउनुभयो । कार्यक्रममा नारायण गुठी व्यवस्थापन समितिका अध्यक्ष नारायण काेइराला क्लबका सल्लाहकारहरू युवराज पाैडेल,सकुन्तला बज्राचार्य,सशस्त्र प्रहरी नायक उपरीक्षक श्याम महर्जन लगाएत क्लबका पदाधिकारी,आमा समुहका प्रमुख एवम प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रम क्लबका अध्यक्ष प्रविन राज शाक्यकाे अध्यक्षता र

सचिव बिनायक महर्जनकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments