नेपाली काङ्ग्रेस पाल्पाले भित्तेपात्राे बिमाेचन

पाल्पा-नेपाली काङ्ग्रेस पाल्पाले नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काङ्ग्रेस पाल्पाले विपि स्मृति भवनमा  शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरेको हो । भित्तेपात्रो नेपाली काङ्ग्रेस पुर्व केन्द्रीय सदस्य एवम पुर्व जिल्ला सभापति राजन प्रसाद पन्त,नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ,काङ्ग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैर,नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारी,सन्तोष कुमार थापा मगर ,जिल्ला सदस्य ,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि ,क्षेत्रीय सभापति एवम पदाधिकारी,प्रदेशका सभापति एवम पदाधिकारी,पालिका सभापतिहरूको बिशेष उपस्थितिमा भित्तेपात्रो बिमोचन गरिएको हो ।

 

 

 

 भित्तेपात्रो विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पुर्व केन्द्रीय सदस्य एवम  पुर्व जिल्ला सभापति राजन प्रसाद पन्तले नयाँ बर्षले नयाँ जोस र जागर सहित सम्पूर्णको जिवनमा सामाजिक,राजनीतिक उपलब्धी हासिल गर्न सफलता मिलोस भनी शुभकामना व्यक्त गरे । उनले  नेपाली काङ्ग्रेसले आगामी दिनमा राष्ट्रियको सवालमा, सैवधानिक निकायलाई सशक्त बनाउने सवालमा,नागरिकहरूका जन जिविकाका सवालमा सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए । पछिल्लो समयमा पानीका फोका जस्ता केही  राजनीति दलहरूको उदय भएको बताए । ती दलका न सिद्धान्त छन,न विचार स्पष्ट छन । यस्ता दलहरू निश्चित समय पछि पानीको फोका सरि फुटेर जाने बताए । नेपाली काङ्ग्रेस पुरानो ईतिहास बोकेको पाटी रहेकोले जनताको महोभावनालाई बुझि फुटेर होइन जुटेर एकताबद्व भई मुलुकको निर्माण गर्न एक भइ लाग्नुपर्ने बताए । 





कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले पाटीका जिम्मेवारी पाएका नेताहरूले जिम्मेवारी बोध गरि काम गर्न आग्रह गरे । काङ्ग्रेस पाल्पाले ३ वटा कुरालाई मध्ये नजर गरेर अगाडि बढेको बताए । पाटीमा  एउटा अधिवेशन नसकिदेै अर्को अधिवेशनको भुत चढ्ने प्रथाको अन्त्य हुनुपर्ने,टिकट वितरण गर्दा स्थानीय तहका पाटीका कार्यकर्ताबाट टुङ्गोइएको उम्मेदवारलाई टिकट दिने प्रणालीको विकास गर्ने र कर्म गर्नेलाई जिम्मेवारी दिने गरि काङ्ग्रेस पाल्पा अगाडि बढेको बताए । अबको युगको कर्मको युग हो । जस्ले कर्म गर्छ । उस्ले फल पाउँछ । सोही अनुरूपमा पाटीका जिम्मेवार पदमा रहेका जिम्मेवार व्यक्तिहरूले काम गर्न आग्रह गरे । सभापति श्रेष्ठले नयाँ बर्षले संगठन निर्माण गर्न प्रेरणा मिलोस भनी  २०८१ को शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments