जनसेवा युवा समूहद्वारा जल्पामा नयाँ वर्ष २०८२ मा खुल्ला भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम

पाल्पाकाे पूर्वखोला गाउँपालिका २, जल्पाकाे  जनसेवा युवा समूहले नयाँ वर्ष २०८२ को अवसरमा जल्पामा  खुल्ला भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 

कार्यक्रममा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, स्थानीय कलाकारहरूको सहभागिता, झाँकी, पञ्चेबाजानृत्य जस्ता सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने अायाेजकले जनाएका छन । क्लबका संयोजक श्रीधन कवरले नयाँ बर्षकाे अवसरमा विगतका वर्षजस्तै यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । यश बर्ष क्लबले राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति र सांस्कृतिक कार्यक्रम पनि राखिने बताउनुभयो । 

 

कार्यक्रममा पुष्कल शर्मा, श्रीदेवी देवकोटा, डोलराज बारघरे, सिर्जन आले, र रुपेश कार्की जस्ता प्रमुख राष्ट्रिय कलाकारहरू प्रस्तुति रहनेछ । त्यस्तै, स्थानीय कलाकार यामु थापातिलन बारघरे द्वारा पनि नृत्य र गायनका कार्यक्रमहरू प्रस्तुत गरिनेछ । स्थानीय टोलहरूले लोक सांस्कृतिक झाँकी प्रस्तुती सहित र प्रत्येक झाँकी र सहभागी समूहलाई पुरस्कार दिइने क्लबका अध्यक्ष कवरले बताउनुभयो । 

 

खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रुपैया ६० हजार , रुपैया ३५ हजार रुपैया २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अायाेजकले जनाएका छन  । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीहरूले रन विर बराल (९८४७४४६३९१), डिल कुमार राना (९८६७१०३३३२)श्रीधन कवर (९८४७२२६४०९) सँग सम्पर्क गर्न सकिने खेल संयोजक खेम ढेङ्गाले जानकारी दिनुभयाे ।

Comments